बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम पूर्णिमा बिकास बैक र एभरेस्ट फाइनान्सले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने भएका छन् । काठमाडौँको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको बुम रेमिट्यान्स प्रा लिले पूर्णिमा बिकास बैक लि र एभरेस्ट फाइनान्स लि लाई सोमबार आफ्नो एजेन्टमा नियूक्त गरेको हो । सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र पूर्णिमा बिकास बैक को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले र एभरेस्ट फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिम बहादुर कार्कीले सम्झौता पत्रमा हस्तक्षर गरे ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, अमेरिकाबाट समेत कारोवार सुरु गर्ने छ ।