
बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा लाखौले लगानी गरेको बताएका छन् । यद्यपी सिमित लगानीकर्ताले मात्रै यसको लाभ लिएको उनको भनाई छ । अर्थ समितिमा बोल्दै शर्माले सेयर बजारले दिनदिनै नयाँ रेकर्ड कायम गर्दा पनि त्यसबाट सबैले फाइदा लिन नसकेको तर केही व्यक्ति मात्र पहुँचमा रहेको बताए । उनले ३७ लाख लगानीकर्ता पुगे पनि करिब सय जनाले लाभ लिएको बताए । यसरी लगानीकर्ताहरुको लगानी नडुबोस् भनेर अर्थमन्त्रालयले छलफल गरि काम अघि बढाएको शर्माको भनाई छ ।


