Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बैंकिङ प्रणालीमार्फत पठाएको रेमिट्यान्स बैंकमा जम्मा गरे थप एक प्रतिशत ब्याज

२०७८ श्रावण २९ गते


बैंकिङ खबर/वैदेशिक रोजगारीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरे थप एक प्रतिशत ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंकिङ्ग प्रणालीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने उल्लेख छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफूले कमाएको रकम बैंकिङ्ग प्रणालीमार्फत पठाउन र बचत गर्न प्रोत्साहित गर्नका लागि यस्तो नियम ल्याइएको हो । वैदेशिक रोजगारीमा रहेका कतिपय श्रमिकले हुन्डी लगायतका माध्यममार्फत पनि रकम पठाउने गर्छन् ।

कोरोना महामारीको बीचमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहेको भए पनि र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दबाब पर्न सक्ने सम्भावना छ उल्लेख गरिएको छ ।