Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बैंक तथा वित्तीय संस्थाले किस्ता घटाएर कर्जाको पुनर्संरचना गर्नुपर्ने

२०७८ श्रावण २९ गते


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले किस्ता घटाएर कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दे उक्त निर्देशन दिनुभएको हो ।

कोभिड–१९ को प्रभावलाई मध्यनजर गरी प्रवाहित कर्जामा बैंक तथा वित्तीय संस्था स्यमले अध्ययन गरी किस्ता रकम घटाइ भुक्तानी अवधि घटाउन सक्ने उहाँले बताउनुभयो । साथै, निषेधाज्ञा अवधिभरको भुक्तानी बाँकी रहेको २०७८ असार मसान्तसम्म साँवा ब्याज भुक्तनी गर्न नसकेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले २०७८ पुस मसान्तसम्म भुक्तानी अवधि थप गर्न सक्ने उहाँले बताउनुभयो । यस्तो सुविधा बैंक तथा वित्तीय संस्थाले ऋणी मुल्यांकन गरी स्यम दिन सक्नेछन् ।