आईएमई ग्रुपमा अध्यक्ष चन्द्र प्रसाद ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर प्रतीक्षा नगर्न सबै गैर आवासीय नेपालीलाई अनुरोध गरेका छन् । अमेरिकास्थित न्यू जर्सीमा २७ अगष्ट (शनिबार) देखि शुरु भएको गैर आवासीय नेपाली संघको नवौंक्षेत्रीय सम्मेलनलाई नेपाल उधोग बाणिज्य महासंघ तथा नेपालको समग्र नीजि क्षेत्रको तर्फबाट सम्बोधन गर्दै गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दल र सरकारले देशको आर्थिक विकासमा प्रतिवद्वता व्यक्त गर्दै आएकाले पनि नेपालमा लगानी गर्नुपर्ने धारणा राखे ।
नेपाल उधोग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय तथा गैर आवासीय नेपाली लगानी प्रवर्द्धन समितिका सभापति समेत रहेका अध्यक्ष ढकालले आफुले गैर आवासीय नेपाली सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको र नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीहरुसँग सहकार्य गरी देशको आर्थिक विकास गर्न तयार रहेको प्रष्ट पारे ।



