
बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको अधिक हिस्सा सीमित स्थानका सीमित व्यक्तिहरुमा केन्द्रित रहँदै अएका कारण सर्वसाधारणको वित्तीय पहुँच कमजोर भएको बताएकाछन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शर्माले देशको आर्थिक अवस्थाको जानकारीको स्वेत पत्र प्रस्तुत गर्दै यस्तो बताएकाहुन् । उनले ज्ञान, सीप, शिक्षा र व्यवसायिक परियोजनामा अधारित कर्जा विस्तारमा जोड दिनुपर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरु शहर केन्द्रित हुनुका साथै वित्तीय साक्षरता समेत अपर्याप्त रहेकाले सीमान्त्तकृत वर्गले बैंकिङ सेवाबाट अपेक्षित लाभ प्राप्त गर्न नसकेको बताए । त्यसैगरी, सहकारी संस्था लगायतका अन्त्य गैर–बैंकिङ वित्तीय संस्थाहरुको थप क्षमता अभिवृमि एवम नियामकीय सुधार गदै उक्त संस्थाहरुबाट हुने स्रोत परिचालनलाइ लागत प्रभावी एवम् प्रफिुलमुखी बनाउनुपर्नेमा जोड दिए ।


