Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

अर्थ सचिवमा मधु कुमार मरासिनी नियुक्त

२०७८ श्रावण १७ गते

बैंकिङ खबर/सरकारले अर्थ सचिवमा मधु कुमार मरासिनीलाई नियुक्त गरेको छ । उहाँ महालेखा नियन्त्रक कार्यालयमा हुनुहुन्थ्यो ।
अर्थ सचिव शिशिर कुमार ढुंगाना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो । राजस्व सचिव रामशरण पुडासैनीको पाँच दिनपछि अवकास सकिँदैछ ।