
बैंकिङ खबर/ कोरोना महामारीका कारण सुस्ताएको घरजग्गा कारोबार पुनः लयमा पर्कन थालेको छ । काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा खुकुलो र चहलपहल बढ्न थालेपछि घरजग्गा कारोबारले नयाँ रेकर्ड बनाउन थालेको छ । यस्तै पछिल्लो समय घरजग्गा धितो राख्ने ऋणी पनि २५ प्रतिशतले बढेको छ । कोरोनाका कारण आर्थिक मन्दी भएकाले घरजग्गा कारोबार उच्च भएको छ । जसको फलस्वरुप घरजग्गा धितो राखेर ऋण लिएका ऋणीको संख्या २५.२९ प्रतिशतलले बढेको छ ।
२१ खर्ब ४६ अर्ब कर्जा प्रवाह
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा क्षेत्रमा २१ खर्ब ४६ अर्ब २२ करोड ३५ लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको थियो । त्यस्तै आव २०७७/७८ को साउन मसान्तदेखि जेठ मसान्तसम्ममा २६ खर्ब ८९ अर्ब १७ करोड ९८ लाख रुपैयाँ कर्जा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह भएको छ । जसमा आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ५ खर्ब ६९ अर्ब १८ करोड ९२ लाख रुपैयाँ बढी कर्जा प्रवाह भएको हो । जुन गत वर्षको तुलनामा २५ प्रतिशतले बढी कर्जा प्रवा भएको हो ।
त्यस्तै, आव २०७५/७६ मा घरजग्गा कारोबारको लागि देशभरका बैंक तथा वित्तिय संस्थाले १८ खर्ब ७४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा कोरोनाकै समयमै २ खर्ब ३४ अर्ब ५ करोड ६१ लाख रुपैयाँले बढी कर्जा प्रवाह भएको थियो ।
५ लाखले घरजग्गा धितो राखेर लिए ऋण
भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरको मालपोत कार्यालयको रोक्का र फुकुवा तथ्यांकले पनि ऋणीको संख्या बढेको देखाउँछ । घरजग्गा धितो बन्धक राखेर बैंकबाट कर्जा लिनेमध्ये करिब ४२ प्रतिशतले मात्रै आफ्नो घरजग्गाको फुकुवा गरेको विभागको तथ्यांकले उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा देशभरका मालपोत कार्यालयहरूमा कर्जाका लागि बन्धक राखेको धितो घरजग्गा रोक्का र फुकुवाको आँकडालले ४२ प्रतिशतलले फकुवा गर्न सकेका छैनन् भने ५८ प्रतिशतले मात्रै कर्जा समयमै चुक्ता गरी फुकवा गरेको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५ लाख ४९ हजार ४८७ घरजग्गा धितो बन्धक राखेर ऋण लिएका छन् । उक्त ऋणीको संख्यामध्ये बैंकको ऋण चुक्ता गरेर धितो बन्धक राखेको घरजग्गा फुकुवा गर्नेको ऋणीको संख्या ३ लाख २० हजार २०७ मात्र रहेको छ ।




