एकबहादुर क्षत्री
महाप्रसाद अधिकारी चार्टर्ड एकाउनटेन्ट हुन्, चार्टर्ड एकाउनटेन्ट समुदाय र नेपालको नै एक कर्मठ व्यक्तित्व हुन्। उनको लागि सबैको सहयोग आबश्यक छ।
आज अमेरिकामा पनि ८४ लाख बत्ति बालेर सत्य नारायण पूजा गर्ने ठाउँमा ८४ लाख बत्ति बालेर र सत्य नारायण पूजा छोडेर नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई यो पत्र प्रयाश गरेको छु। यो पत्रले सत्य नारायण पूजा भन्दा ठूलो धर्म गर्ने छ भन्ने ठानेको छु।
भाईलाई पनि मैले ठूला ठूला नोटहरु खारेज गर्नु पर्ने कुरा भाईसंग कुरा गर्ने कुरा गर्ने मौका खासै भएको थिएन। कोरोनाको कारण गत बर्ष केहि कुराकानी भयो। केहि महिना अगाडी तरकारीको खरिद डिजिटल माध्यम गर्ने कुरा गरेको समाचारमा देख्दा साँच्चै नै केहि गर्दै गरेको महसुश गरेको तर कोरोनाको कहरको बजेट भाषणमा केहि संकेत आशा गरेको सो नभएकोले निराश गरायो।
अनि केहि हप्ता अगाडी मेरो सानो अनुरोधमा कुराकानी भयो र सानो लिखित पठाउने सहमत भयो। सो मा निकै उत्साहित थिएँ। रु५०० र रु१,००० नोट चल्न चल्तीको निर्मूल गर्नु नै एक बिकल्प हो। दुर्गममा बैंक सेवा र सबैको जनतामा बैंक सेवा ति नोटहरुको चल्न चल्ती खारेज गरेर मात्र सम्भब हुन्छ।
अहिले भन्सारमा मात्र कम बिजिकरण बस्तु नाम नै फरक पारेर दैनिक करिब रु ५० करोड र आन्तरिक राजस्वमा रु५० करोड र सो को बिनियोजन गर्दा अर्को रु ५० करोड अनि सम्पूर्ण स्थानीय सरकारहरुले राजस्व रु ५० करोड र बिनियोजनमा दैनिक रु ५० करोड सरकारी रकम जनताको करको रकम चुहावट भएको छ।
शायद यो कुरो त्यति चर्चा नआएको कुरा के हो भने जति उधोगमा लगानी भएको रकम कति खरब बार्षिक लगानी हुन्छ एक तिहाई रकम नक्कली बिल बोराको छाप लगाएर गरिएको छ। पब्लिक कम्पनीहरुको प्रमोटरको स्वदेशी लगानीको हिसाब हेरे हुन्छ । बिदेशी लगानीको अर्को कहानी छ। स्विस बैंकको रु २६ अरब कहानी त १० प्रतिशत मात्र हो । रु २६ अरबको कारोबार त् पुरानो होइन र यो दैनिकी भै राखेको छ। रिपोर्ट आयो फासफुस पार्ने परम्परानै कायम भयो ।
सबै भन्दा बढी हेरा फेरी गर्ने ब्यपारीहरु हुन्, खास ठगिने त किशान हुन्। कर्मचारी र नेताहरु बलिका बोका हुन्। रगत खाने नेता रौँ खाने कर्मचारी लिँदो समेत खाने ब्यापारी, उधोगी हुन्। ठग्न दिने राष्ट्र बैंक हो किन अरुलाई दोष दिने ब्यापार उदेश्य नै कमाउने हो।
नेपाल राष्ट्र बैंकका ति ठूला नोटको उपयोग कति चेली बेचिएका छन्, कति चोरबाटो गरि विदेश गए, कति बिदेशी नेपालमा काम गरेका छन्, कतिले नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति गर्ने देशनै बिक्रि गर्ने भै सके। कति हाम्रा छोरा छोरी विदेश गएर नेपालमा घुष लिने दिने न ब्यापार हुन्छ न जागिर हुन्छ भनि बाबु आमा र छोरा जिउन्दै टुहुरा भएका छन्। बिदेशीको गुलामी आफनो श्रम र दिमाग अरुलाई बेची रहेका छन्।
नेपालमा घुस लिन्न र दिन्न कसैले भन्छ भने गंगाको जल शुद्ध हुन्छ भन्ने मात्र हो। मन्दिर, महाबिर आविष्कार केन्द्र, सुन्तौली कोषमा २ तिहाई रकम अपराध धन उपयोग भएको छ कति बेनामी दान छन्। खर्च हुँदा पनि कम से कम एक चौथाई रकम बिल मिलाई खर्च गर्ने। अनि चार्टर्ड एकाउनटेन्टले त्यहि प्रमाणित गर्ने होइन। एकाउनटेन्टले लिएको शुल्क कालो धन नहुने र कोषको आम्दानी र खर्च रकम पारदर्शी छ भनि भनि जनता ठग्ने काम भएको छ।
माथि लेखिएका बाहेक धर्म परिबर्तन गरिने काम र सयौं अपराधहरु नोटहरूसंग जोडिएका छन्। रोक्ने बहानामा धेरै निकायहरुमा जागिर र तक्मा पाएका छन्। तीस बर्ष भयो अनुराधा कोइरालाले अर्ब अर्ब अनुदान लिएर तक्मा लिएर किन चेली बेटी बेच बिखन किन रोक्न नसकेको? अनुदानको रकम तलब लिएर चेली बेटी बेच्ने काम गरेको छैन भन्न सक्छिन? अनुराधा कोइरालालाई यो अपराध लाग्नुको कारक नोट हो र उनको अर्ब अर्ब अनुदानको कति लगानीले कति उधोग बनेर दोब्बरले अपराध रहित रोजगार पाउने थिए/पाउने छन्। सबैको एक निराकरण नोट खारेज नै हो।
फोनमा कुरा भएको अनुसार ठूला नोटहरू खारेज गर्ने समन्धमा २०७८ जेठ २८ गते पठाएको टिपोट तल दिएको छ।
नोट खारेज गर्ने तवर तरिका :
नोट खारेज गर्ने तवर तरिका भारतमा केहि बर्ष अघि मोदीले गरेको आक्रमक तारिकाले गर्ने पनि होइन। त्यसले काम पनि गरेन अलि अलि भोट आयो होला हजारौं ले दुख: पाएँ । जनतालाई एथेष्ठ समय दिएर आफनो समपुर्ण नोट आफनो बैंक खातामा जम्मा गर्नु पर्नेछ । ति ठूला दरका नोटहरुको केहि महिना पछि बैंक बाहेक अन्यले चल्न चल्ती नै नगर्ने हो। नोट खारेज गर्दा गरिने सामान्य तरिका निम्न अनुसार हुनेछ।
१ – पहिलो महिना भित्र सबै दर्ता भएका बिक्रेत्ताले कमसेकम नगद बाहेक कमसेकम डेबिटकार्ड, क्रेडिटकार्ड चेकबाट वा अन्य कुनै साधनबाट भुक्तानी लिने प्वाईण्ट अफ सेल ब्यबस्था गर्ने। सो ब्यबस्था गर्दा प्वाईण्ट अफ सेल लागेको दुईवटा ब्यबस्थासम्मको लागि लागेको इकुमेंट प्रमाणित खर्चको रकम भ्याटकर वा आयकर जम्मा गर्दा अग्रिमकर नै छुट दिने।
२ – दोश्रो महिना देखि दर्ता भएका नभएका बिक्रेताले कुनै पनि दर्ता भएका बिक्रेताबाट खरिद गर्दा खरिद कर्ताले आफनै बैंक खाताबाट बिक्रेताको बैंक खातामा भुक्तानी हुने गरि भुक्तान गरि मात्र खरिद गर्ने।
३ – पहिलो महिनमा आर्थिक कारोबार गर्ने सम्पूर्ण व्यक्तिले अनिबार्य रुपमा चालु बैंक खाता खोल्ने र तोकिय अनुसार सिमा अनुसार खरिद कामको उपयोग हुने गरी डेबिटकार्ड लिने। दोश्रो महिना देखी सम्पूर्ण सेवा आम्दानी बैंकमा जम्मा गर्ने ब्यबस्था अनुरोध गर्ने र खरिद कार्यमा समेत डेबिट कार्ड उपयोग गर्ने अनि तेश्रो महिना देखि सम्पूर्ण कार्य बैंक मार्फत गर्ने।
४ – दोश्रो महिनाको १५ गते देखि सेवा, तलब, पेन्शन, अनुदान, भत्ता दिनेले सम्पूर्ण भुक्तानी सिधै भुक्तानी लिने व्यक्तिको बैंक खातामा मात्र गर्ने।
५ – तेश्रो महिना देखि सबै दर्ता भएका बिक्रेत्ताले नगद कारोबारमा बिक्रि गर्न पुरै बन्देज गर्ने । बिशेष परिस्थितिमा विभिन्न नागरिकताको सहितको रिकर्ड गरि गरि बिक्रि र खरिद गर्न छुट दिने।
६ – पाँचौ महिना देखी कुनै पनि रु ५०० र रु १, ००० को नोटहरुबाट कारोबार बदेज़ गर्ने।
७ – यो लागु गर्दा पहिलो बर्षमा बिक्रेताको आर्थिक कारोबार निकै बढेको देखिने हुँदा आयकरको भार निकै बढने हुँदा गतको तुलनामा २५ % भन्दा बढी ५० % सम्म बृदि भएका कारोबारको अतिरक्त आयकर ७५% छुट दिने ब्यबस्था गरिनु पर्छ र आगामी बर्षमा आयकर दर नैं २०-२५ % जति नै कम नीति लिनु पर्छ।
८ – अधिराज्य बैंक सेवा र सबै जनताको बैंक खाता भन्ने कुरा रु ५०० र रु १,००० नोट कारोबार बन्द गरे मात्र हुने कुरा हो। अरु तरिकाले सम्भब छैन। जुन कुरा एक महिनाको प्रयाशले गर्न सकिन्छ।
९ – बैंक नभएको वा दुर्गम क्षेत्रमा डिजिटल ब्यबस्था पर्खनु पर्दैन होइन कि नपर्खी ति क्षेत्रमा र बाणिज्य बैंक जबर्जस्ती स्थानीय जसमा बाणिज्य बैंकहरुले नोक्शानी तथा सेवामा अलोकप्रिय भएको हुँदा रु ५०० र रु १,००० नोट कारोबार बन्द गरि बैंक स्तरीय उक्त सेवा पुराउन सजिलो हुन्छ। हरेक वडामा नगद बिनाको बैंक एजेन्ट खटाएर बैंक सेवा उपलब्ध गराउनु पर्छ। ब्यापारीहरुलाई प्वाईण्ट अफ सेलको संचालन टेलिफोनबाट वा चेकबाट गर्ने सुबिधा सबै बैंकको एजेन्ट समेत भएर सहयोग पुर्याउनु पर्छ। आबश्यकता अनुसार बिशेष ब्यबस्था सम्बन्धित स्थानीयको लागि गरेर उच्च स्तरीय सेवा पर्दान गर्न सकिन्छ। सुरक्षा खर्च स्टाफ खर्च घटेर बाणिज्य बैंकहरु उच्च स्तरीय सेवा सहित नाफामा संचालन हुनेछन।
तसर्थ अहिले नोट खारेज गर्नु नै देश जनता बचाउने एक बिकल्प नै हो। यो बुझाई राख्नु पर्ने होइन। यो एउटा सफल यात्रा हो अहिले दर्जनौ ले मौकामा आवाजसम्म उठान नगरेकोमा पछुताव छ। दुई जना नन्सिए मित्र त् यहीं सालमा स्वर्गारोहण समेत हुनु भयो। यो अहिले स्वर्णिम मौका छ।
हिम्मत भाईको साथ एक हजार सी ए, तीन लाख इन्जिनिएर, डाक्टर वकिल आदि, ३ लाख बुद्धीजीबीहरु, ३ लाख कर्मचारी अनि तीन करोड देश विदेशमा रहेका नेपालीहरु साथमा छन्। सबै तिनीहरुको साथ नोट हटाउनेमा छ थमाउनेमा छैन् भन्ने बुझनु पर्छ।
१००-२०० जनाले बिरोध गरेमा फेरि जनताले त्यो भन्दा माथि पुराउने छन्। पछी भनेको पछि नै हो एक दुई दिनमै यो काम गर्नु पर्यो। अर्को पार्टीको अर्थ मन्त्रि आयो भने अलि गार्हो होला नि। गभर्नर पछि बढुवा हुने ठाउं अर्को छैन। जागीर भन्दा सेवा गर्ने बेला हो । गभर्नर पछीको बाटो तयार गर्ने मौका यहीं नै हो। मौका फेरी फेरी आउदै आउदैन् मौका खेर न फाल्नु ।
शुभकामना .



