
बैंकिङ खबर/सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा अघिल्लो पटक सरकार गठन हुँदा उहाँ योजना आयोगकै सदस्य हुनुहुन्थ्यो । युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी अध्ययन गर्नुभएका पौडेल स्वर्णीम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा सल्लाहकार हुनुहुन्थ्यो । पौडेल मध्यतमोल हाइड्रोपावर कम्पनीको बोर्ड डाइरेक्टर समेत हुनुहुन्छ ।
