Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

पुरानै लयमा फर्कियो सुन आयात, गत आव ९२ प्रतिशतले वृद्धि

२०७८ श्रावण ११ गते

बैंकिङ खबर/सुन आयात पुरानै लयमा फर्किएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा तीन हजार एक सय ६८ किलो सुन आयात भएको छ । जुन ९२ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७६/७७ मा १६ सय ५० किलो मात्रै सुन आयत भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा गत वर्षको आयात ९२ प्रतिशत बढी हो । गत वर्ष २२ अर्ब रुपैयाँको सुन आयत भएको थियो । उक्त रकम बराबरको सुन आयात हुँदा सरकारले राजस्व स्वरूप तीन अर्ब ९९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा नौ अर्ब २८ करोड रुपैयाँको मात्रै सुन आयात हुँदा राजस्व तर्फ उठ्ने रकम एक अर्ब तीन करोड थियो । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष आयत रकम १३७.६८ प्रतिशत बढ्दा राजस्वमा २८५.७७ प्रतिशतको वृद्धि देखिएको छ ।