July 15th, 2021

मूल्यवृद्धि ४.१९ प्रतिशतमा सिमित


बैंकिङ खबर/चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मूल्यवृद्धि ४.१९ प्रतिशतमा सिमित भएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको हो ।
यस अघि अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फीति छ । २०७७ जेठमा यी क्षेत्रहरुमा क्रमशः ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फीति थियो ।
२०७८ जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनमा यस्तो मुद्रास्फीति ३.९६ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.६५ प्रतिशत, ९.५३ प्रतिशत र ३.९२ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.१६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]