बाढीपहिरो प्रभावितलाई जाल्पा सामुदायिक लघुवित्तको सहयोग

बैंकिङ खबर/ पोखरा–८, कास्कीमा केन्द्रीय कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय, ठाँटीपोखरी पालुङटारले असार १७ गते परेको अविरल वर्षाका कारण बाढी पहिरोबाट अतिप्रभावित २० सदस्य परिवारलाई प्रति परिवार रु ५ हजारका दरले रु‍. एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

पालुङटार नगरपालिका वडा नं. २ को कार्यालय भवनमा गरिएको हस्तान्तरण कार्यक्रममा वडा नं. २ का. वडाध्यक्ष लोकनाथ वाग्लेको सभापतित्वमा तथा पा.न.पा–२ सचिव विद्या भट्टराई, प्रमुख प्रहरी निरीक्षक इन्द्रदेव थापा लगायतको आतिथ्यतामा संचालित सो कार्यक्रमको संचालन शाखा कार्यालयका कर्मचारी रुद्र बहादुर जि.सीले गर्नुभएको थियो । उक्त कार्यक्रममा शाखा प्रबन्धक सुमन खत्रीले संस्थाले प्रदान गर्न लागेको राहत सुविधाबारे प्रकाश पार्नुभएको थियो । सदस्यहरुको प्रतिनिधित्व गरि कार्यक्रममा बोल्दै आनन्द न्यौपानेले संस्थाले यस्तो विषम घडिमा हस्तान्तरण गरेको राहत अत्यन्तै स्वागतयोग्य र संस्थाको सकारात्मक पक्ष भएको बताउनुभयो ।

कार्यक्रमका सभापति तथा पालुङटार न.पा वडा नं. २ का वडाध्यक्ष लोकनाथ वाग्लेले यस जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले  बाढी तथा पहिरो पीडितलाई गरेको सहयोग वित्तीय सेवाको अलावा सामाजिक सेवामा समेत भएको अग्रसरता अत्यन्तै सह्राहनिय भएको बताउनुभयो । उहाँले सदस्यता ग्रहण नगरेका अन्य समुदायलाई पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा आवद्ध हुँदा राम्रो प्रभाव हुने बताउनुभयो ।

हाल जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को २० जिल्लामा ७४ शाखा कार्यालयमार्फत करिब ८३००० सदस्यहरुसँग कारोबार गरिरहेको छ । यस वित्तीय संस्थाले वित्तीय सेवाको साथै सदस्यहरुलाई फलफूलका विरुवा वितरण, कृषि तथा पशुपालन तालिमका साथै इडिएस कार्यक्रममार्फत पशु सिविर, कृत्रिम गर्भाधारण तथा पशु बीमा, पशु स्वास्थ्य जाँच, कृषि तालिमका साथै बेमौसमी विउविजन वितरण समेत गरिरहेको छ । निकट भविष्यमै राष्ट्रिय स्तरको बन्न लागेको उक्त वित्तीय संस्था सर्वसाधारणलाई आइपिओ जारी गर्ने तयारीमा रहेको छ ।

 


सोसिअल मेडिया