
बैंकिङ खबर/नेपाल–भारत रेल सेवासम्बन्धी सम्झौता संशोधन हुने भएको छ । रेलसेवा सम्झौता संशोधनका लागि नेपाल र भारतबीच असार १४ मा लेटर अफ एक्सचेन्ज (एलओई) सम्पन्न भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालमा तर्फबाट मन्त्रालयमा सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर सुशान्तकुमार मिश्राले हस्ताक्षर गर्नुभएको हो ।
हस्ताक्षर गरिएको प्रति शुक्रबार एक भर्चुअल समारोहबीच आदानप्रदान गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । राजदूतहरूको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा नेपाल र भारत दुवै तर्फका वरिष्ठ अधिकारीहरूको सहभागी थिए ।
संशोधनमा नेपाललको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपभोग गर्ने तथा भारतसँगको द्धिपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।



