Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

आयल निगमले बढायो पेट्रोल र ग्यासको मूल्य

२०७८ असार २२ गते


बैंकिङ खबर/मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार बुधबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको हो ।

त्यस्तै हवाई इन्धन (आन्तरिक उडानतर्फ) को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ । वृद्धि गरिएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १२ रुपैयाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ८४ रुपैयाँ पुर्‍याइएको हो ।

त्यस्तै अन्तराष्ट्रिय हवाई तर्फ इन्धन प्रति किलो लिटर अमेरिकी डलर ७५४ रुपैयाँ पुगेको छ । विज्ञप्तिअनुसार एलपी ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँले बढी १४२५ पुगेको निगमले जनाएको छ ।