Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

काठमाडौं उपत्यकामा सम्पूर्ण यातायात खुल्ला, जोरविजोर पनि हटाइयो

२०७८ असार २२ गते

बैंकिङ खबर/काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो भएको छ । थप १० दिन निषेधाज्ञा लब्याउँदै मंगलबारदेखि निषाधाज्ञा खुकुलो बनाइएको हो । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो।
मंगलबारबाट लागू निषेधाज्ञामा सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । मंगलबारदेखि सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटेको छ। सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड भने कडाइको साथ पालना गर्नुपर्नेछ। मास्क अनिवार्य गर्नुपर्ने बताइएको छ। साथै सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाउने छैनन्। कम सिट क्षमता भएका सार्वजनिक सवारी साधन पनि चल्न पाउने भएका छन्। तर त्यस्ता सवारीमा यात्रु बोक्ने सिट सङख्या भने निर्धारण गरिएको छ।

सफा टेम्पो तथा माइक्रो पनि संचालन गर्न पाउनेछन्। पछाडि तेस्रो सिटमा ४र४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु भन्दा बढी राख्न पाइने छैन। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुटपाउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ।

काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ। अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउनेछन्।