Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

११ महिनामा २१ अर्ब बढी सुन आयत

२०७८ असार १३ गते


बैंकिङ खबर/चालु आर्थिक वर्षको ११ महिनामा २१ अर्ब बढीको सुन आयात भएको छ ।

भन्सार विभागका अनुसार जेठ मसान्तसम्म २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँको सुन आयात हो । नेपालमा टर्की र सयुक्त अरब इमिरेट (यूएई) बाट सुन आयात हुने गरेको छ । जेठ मसान्तसम्म ३ हजार १८ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । सबैभन्दा बढी यूएईबाट आयात भएको छ ।

चालु आवको ११ महिनाको अवधिमा यूएइबाट मात्रै १८ अर्ब ९४ लाख ६१ लाख ७३ हजार रुपैयाँको २ हजार ७१८ केजी सुन यूएईबाट आयात भएको विभागको तथ्याङकमा उल्लेख छ ।

यस्तै, टर्कीबाट भने जेठ मसान्तसम्म २ अर्ब १२ करोड २२ लाख ४ हजार रुपैयाँ ३ सय केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । चालु आवको ११ महिनाको अवधिमा सरकारले सुन आयातबाट २ अर्ब ५६ करोड ५३ लाख ४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको विभागले जनाएको छ ।