
बैंकिङ खबर/नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । वेमिनारमार्फत शनिबार आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा गरिएको हो ।
कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै वेभ साइटबाट मात्र नभई फेसवुक, टिकटक, टुइटर, युट्युव लगायतका सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने बताउनुभयो । निरौलाले ब्रान्डिङले उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै के देखाएर के बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने र त्यसका लागि सोसल इण्टरप्रेनरसिप बढाउन फोटोग्राफी, शब्द, ग्राफिक्स, इमोसनल भ्यालु, अर्जेन्सी, ट्रस्ट आदी विषय माथि ख्याल राख्नुपर्ने उल्लेख गर्नुभयोे ।
डिजिटल मार्केटिङका क्रममा विज्ञापन र डेलिभरी दिने बाह्य कम्पनीहरुको उपयोगसँगसँगै मुल्य भार बढेता पनि समग्रमा जोखिम निकै कम हुने बताउनुभयो ।
आफ्नो कम्पनीले नेपालमा १५० भन्दा बढी र अमेरिका लगायतका विदेशी बजारमा १०० भन्दा बढी सामाग्री बिक्री गर्दै आएको जानकारी दिएनुभएका निरौलाले अमेजन, इत्स्जि जस्ता अन्तरास्ट्रिय स्तरका र राष्ट्रिय स्तरका अन्य कम्पनीबाट डिजिटल व्यापार गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्दै इन्टरनेशनल पेमेण्ट सिस्टमको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी समेत गराउनुभएको थियो ।
निरौलाले सहभागीले उठाएको प्रश्नको जवाफ दिँदै अफलाइन मार्केटिङ्, अनलाईन मार्केटिङ्, इन्फ्लुअन्सर मार्केटिङ, गुगल एड, फोरम मार्केटिङ आदी माध्यमबाट डिजिटल मार्केटिङमा जोडिन सक्ने बताउदै शुरुमा व्यापार गर्दा धर्यता अपनाउदै कम्युनिटी बढाउँदै जानुपर्ने सुझाव पेश गर्नुभएको थियो । साथै उहाँले भिडियो निकै प्रभावकारी माध्यम रहने समेत जानकारी दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहनुभएकी महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सभापतिको आसनबाट बोल्ने क्रममा उक्त कार्यशाला विगतको निरन्तरता रहेको र यसबाट सहभागी सबैले धेरै कुरा सिक्न सिक्ने बताउँदै नेपाल महिला चेम्बरले महिला उद्यमशिलता विकासका लागि थप रुपमा सक्रियता बढाउँदै लग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै अध्यक्ष श्रेष्ठले हाल देशमा रोगको महामारीसँगसँगै बाढि पहिरोका कारण जनजिवन प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै विपदको घडीमा संयमता अपनाउदै मानविय सहयोगमा जुटनुपर्ने खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्दै नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य समेत रहेकी नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले अहिलेको परिस्थितीमा डिजिटल प्लेटफर्मको महत्वलाई आत्मसाथ गर्दै कार्यक्रम आयोजनामा ल्याइएको जानकारी दिनुभयो ।
कार्यक्रम माझ जिपिजीकी अदिती गोयलले जिपिजीले डिजिटल प्लेटफर्म मार्फत उद्यमशिलता विकासमा सघाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा सहभागीताका लागि सबैमा धन्यवाद व्यक्त गर्दै नेपाल महिला चेम्बर अफ कमर्शकी कोषाध्यक्ष चारु सिकारियाले महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल पार्न सहयोग पुर्याएका धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यशालामा नेपाल महिला चेम्बरका सल्लाहकारद्वय शान्ती शाक्य, निलम ताम्राकार, नेपाल चेम्बर अफ कमर्शका कार्यकारीणी सदस्य तथा चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दिर्घमान श्रेष्ठ, चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमय, निर्देशक सृस्टि त्रिपाठी, महिला चेम्बरका केन्द्रीय समिति सदस्यहरु, देशैभरका विभिन्न जिल्ला स्थित महिला चेम्बरका अध्यक्ष एवम् प्रतिनिधीहरु, महिला उद्यमी आदिको सहभागीता रहेको थियो ।




