Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

यी हुन् अर्ब बढी आम्दानी गर्ने ८ जलविद्युत् कम्पनी

२०७८ असार ४ गते

बैंकिङ खबर/गत वर्ष विद्युत उत्पादन गरेर ८ कम्पनीले अर्ब बढी आम्दानी गरेका छन् । विद्युत विकास विभागले सार्वजनिक गरेको ९४ कम्पनीको आम्दानीमा नेपाल विद्युत् प्राधिरण प्रवर्द्धित ४ र निजी क्षेत्रका ४ कम्पनीले अर्ब बढी आम्दानी गरेका हुन्।

विभागले पछिल्ला ३ वटा आर्थिक वर्षको विद्युत् उत्पादन र त्यसबापतको आम्दानी सार्वजनिक गरेको हो । जसमा ७५ निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत् कम्पनी रहेका छन् भने १९ वटा नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित कम्पनी रहेको विभागले जनाएको छ।

गत वर्ष नेपाल विद्युत प्राधिकरणबाट प्रवर्धित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ले ४ अर्ब ७० करोड आम्दानी गर्दा निजी क्षेत्रबाट प्रवर्द्धित ६० मेगावाटको खिम्ती १ ले ४ अर्ब ९९ करोड आम्दानी गरेको छ।
त्यस्तै, सिनो हाइड्रो सगरमाथा पावर कम्पनीबाट प्रवर्द्धित अपर मर्स्याङ्दी ‘ए’ले गत आर्थिक वर्षमा मात्रै ३ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ।

वि.सं. २०७४/०७५ मा २ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले ०७५/०७६ मा ३ अर्ब ४ करोड आम्दानी गरेको थियो । ५० मेगावाटको आयोजना ३६ करोड ६१ लाख ६३ हजार किलोवाट आवर विद्युत् उत्पादन गरेको विभागले जनाएकाे छ। नेपाल विद्युत् प्राधिकरणबाट प्रवर्द्धित ७० मेगावाटको मध्यमर्स्याङ्दीले जम्मा २ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेको छ। मध्यमर्स्याङ्दीको आर्थिक वर्ष २०७५/०७६ को तुलनामा करिब १५ करोड आम्दानी घटेको छ।

निजी क्षेत्रको अपर भोटेकोशीले गत वर्ष १ अर्ब २८ करोड र चिलिमे हाइड्रोपावर प्लान्टले १ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको छ। अपर भोटेकोशी ४५ मेगावाटको हो भने चिलिमे ४५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको आयोजना हो।

त्यस्तै गत वर्ष अर्ब बढी आम्दानी गर्नेमा प्राधिकरणबाट प्रवर्द्धित ६० मेगावटको उपर त्रिशूली ३ ‘ए’ले १ अर्ब ४१ करोड, ६९ मेगावाटको मर्स्याङ्दी हाइड्रोपावरले २ अर्ब ३८ करोड आम्दानी गरेका छन्।

हेर्नुहोस्