
बैंकिङ खबर/सरकारले असार २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।
त्यस्तै चैत र वैशाख महिनाको अग्रिम करकट्टी भएको रकम र सोको विवरण बुझाउने म्याद पनि असार २५ सम्म थप गरिएको छ।
विभागका अनुसार चैत र वैशाखको अन्तःशुल्क रकम र सोको विवरण दाखिल गर्ने अवधि पनि असार २५ सम्म थपिएको छ।
ती दुई महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर दाखिल गर्ने म्याद पनि असार २५ सम्म कायम गरिएको विभागले जनाएको छ।



