
बैंकिङ खबर/नेपालको वस्तु निर्यात १ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब एक तिहाइले बढी हो।
गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो। चालू आर्थिक वर्ष सकिन दुई महीना बाँकी हुँदै नेपालले १ खर्ब रुपैयाँभन्दा धेरै मूल्यको वस्तु निर्यात गरेको हो। कम्तीमा १ खर्बको वस्तु निर्यात गर्ने नेपालले लामो समयदेखि रणनीति अघि सार्दै आएको थियो।
