मौद्रिक नीतिमार्फत व्यवसायीलाई कर्जामा सुविधा दिन माग

बैंकिङ खबर/पर्यटन तथा व्यावसाय क्षेत्रले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले मौद्रिक नीतिमा व्यवसायीलाई विनो धितो ऋणको व्यवस्था गर्नुपर्ने माग राखे ।

कार्यक्रममा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि टानले स्वागत गर्न नसकेको बताए ।

उनले बजेट भाषामा मात्रै राम्रो र देखाउने किसिमको भएको तर सारमा कार्यान्वयन कठिन भएको बताए । कोरोना महामारीका कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसाय पूर्ण रुपमा सुचारु हुन एक वर्ष लाग्ने उनको भनाइ छ । ‘सरकारले पर्यटन व्यवसायलाई उच्च रुपमा हेर्नुपर्छ । तर बजेटमा सहुलियतपूर्ण ऋणलाई समेटिएन, ट्याक्स क्लिरियन्स र ट्रेकिङ एजेन्सीको सिफारिसमा श्रमिकलाई पनि ऋण उपलब्ध गराउनुपर्छ । यहि अवस्था रहेमा नेपालको पर्यटन व्यवसाय उठ्न एक वर्ष लाग्ने देखिन्छ’ उनले भने । मौद्रिक नीतिमा नयाँ व्यवसायीलाई लोन प्रवाह गर्ने व्यवस्था हुनुपर्ने बताउदै उनले भने ‘व्यावसायीको हकहितमा मौद्रिक नीति आओस् ।

ट्याक्स क्लिरेन्स गरेको आधारमा विना धितो २५ लाखसम्म एक वर्षका लागि ऋण पाउने व्यवस्था गर्नुपर्छ’ । उनले सम्पूर्ण नेपालीले भ्याक्सिन लगाउनुपर्ने भन्दै नेपाललाई जति सक्दो चाँडो रेड जोनबाट हटाउने गरि काम गर्नृुपर्ने बताए । कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंका उपाध्यक्ष माधव खरेलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पुनर्कर्जाको विषय सोचे अनुरुप आउन नसकेको बताए । उनले कोरोना महामारीका बीचमा पनि अहिले सरकारलाई कर चाहिएकोले निषेधाज्ञा खुल्ला गर्नतर्फ लागेको भन्दै खण्डन समेत गरे । ‘लकडाउन असारमा खुल्ला गर्ने भन्ने छ ।

भोलीको दिनमा करको ताकेता गर्न लकडाउन खोल्ने चरणमा पुगेको छ । सरकारलाई कर चाहिएको अवस्था छ’ उनले भने । खरेलले तत्काल सरकारले खोपको व्यवस्था, गरिबलाई राहत, सानो व्यवसायको व्याजको समस्या पूरा गरेर मात्रै निषेधाज्ञा खोल्न आग्रह गरे । कर्मचारी तलबमा सरकारले ५० प्रतिशत व्यहोर्नुपर्ने उनको माग छ । उनले अब आउने मौद्रिक नीतिले साना व्यावसायीलाई उद्धार गर्नुपर्ने बताउदै २ करोडसम्म कारोबार गर्ने व्यवसायीलाई ५० प्रतिशत अनुदानमा ऋण दिनुपर्ने बताए । ‘भन्सारमा छुट गर्ने, करको दायर कम गर्ने, स्वदेशी व्यवसायलाई दिगो बनाउका लागि सरकारले एक वर्ष प्राटिस गर्नुपर्छ’ उनले आफनो धारणा राख्दै भने । ब्युटिसियन व्यवसायी मेनुका सिवाकोटीले कोरोनाका कारण ब्युटिसियन व्यवसाय नै धरासायी बनेको उल्लेख गर्दै सरकारले ब्युटिसियन व्यवसाय सुरक्षित तरिकाले खोल्ने व्यवस्था मिलाउनु पर्ने माग राखिन् ।


सोसिअल मेडिया