June 6th, 2021

गभर्नर अधिकारीद्वारा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को शुभारम्भ

बैंकिङ खबर । डिजिटल भुक्तानीका बारे डिजिटल माध्यमबाटै अवारनेस ल्याउनेगरी ‘फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी’को सुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार सो कार्यक्रमको उद्घाटन गर्नुभयो । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा शुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को समुद्घाटन गर्दै (वेवीनार मार्फत) नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताउनुभयो । डिजिटलाईजेशनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी’ एउटा पाटो हुने अपेक्षा राख्नुभयो ।

बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताउनुभयो । गभर्नर अधिकारीले अहिले चिया पसलदेखि ई–रिक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताउनुभयो ।

वित्तीय साक्षरतालाई डिजिटल्ली रुपमा लैजानुपर्ने भन्दै उहाँले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु एवं डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडि ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पु¥याउने बताउनुभयो ।

उहाँले फाइनान्सियल सेक्टर विद्युतिय कारोबार गर्ने क्रममा कोर बैंकिङ सेक्टरमार्फत अगाडि बढेको बताउनुभयो । नेपाल राष्ट्र बैंक डिजिटलाईजेशनका निम्ती दत्तचित्र भएर लागेको उहाँको भनाइ छ ।
गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझाव उपलव्ध गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
गाउँका कतिपय ठाउँमा वित्तीय पहुँच नपुगेको भन्दै यसको धेरै नै महत्व हुने उहाँको भनाइ छ ।

फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रका कोडिनेटर माधव निर्दोषले फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीलाई सबै जिल्ला र स्थानीय तहमा संचालन गरिने बताउँदै डिजिटल कारोबार विना अबको अर्थतन्त्र सम्भव नहुने भएरै यो अभियान सुरु गरिएको बताउनुभयो । विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा मिडिया इन्टरनेसनलले वित्तीय जागरण राष्ट्रिय अभियान मार्फत वित्तीय साक्षरता र बैंकिङ एक्स्पो कार्यक्रम संचालन गर्दै आएको छ । फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी सोही कार्यक्रमको परिवर्तित नयाँ कार्यक्रम हो । सो कार्यक्रम विकट जिल्ला बझाङबाट सुरु गरिने भएको छ ।

फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व मन्त्री भगवती चौधरीले डिजिटलाइजेशन सेक्टरमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
टेक्नोलोजीमार्फत गाउँघरमा वित्तीय साक्षरता दिँदा अति उत्तम हुने उहाँको भनाइ छ ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सियल डिजिटलाइजेशनलाई ग्रामिण अर्थतन्त्र र कृषि क्षेत्रमा अगाडि बढाउन सके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटलाईजेशनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताउनुभयो । अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झि राखेमा डाइनोसर नै हुने उहाँको बुझाइ छ । उहाँले बैंकहरुले फिजिकल सेवा भन्दा पनि डिजिटल मार्फत सेवा दिनुपर्ने बताउनुभयो ।

नेपाल बैंकर संघका पुर्व अध्यक्ष एवं नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुल कलेज लेभलका करिकुलममा राख्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले डिजिटलाइजेशनमार्फ थालीएको वित्तीय साक्षरकताले आउने दिनमा अर्को फड्को मार्ने बताउनुभयो ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष अध्यक्ष प्रद्युमन पोखरेलले बैंकवित्तबाट ग्राहकहरुलाई खाता खोल्ने मात्र नभइ डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताउनुभयो । उहाँले यसका लागि नयाँ फेमवर्क बनाएर अगाडि बढ्नुपर्ने बनाउनुभयो ।

लघवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँ–गाउँका नागरिकहरुलाई उद्यमशिलताको विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
जीवन वीमक संघका कोषाध्यक्ष प्रविनरमण पराजुलीले सम्पूर्ण वित्तीय क्षेत्र डिजिटलाईजेशनका रुपमा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी प्रभु टेक्नोलोजीका अध्यक्ष कुसुम लामाले आफ्नो कम्पनीले डिजिटललाईजेशनका लागि महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । उहाँले बैंक, वित्तीय सेवामा डिजिटलाईजेशनको अनिवार्य आवश्यकता देखिएको बताउनुभयो ।

कार्यक्रममा आइएमईका सिइओ सुमन पोखरेलले फाइनान्सियल सर्भिसलाई प्याकेजको रुपमा गाउँमा कसरी पु¥याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले फाइनान्सीयल डिजिटलाइजेशन मार्फत डिजिटल कारोबार बृद्धि हुने अपेक्षा गर्नुभयो ।

नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमान प्रधानले अहिले नेपालमा डिजिटलाईजेशनमा प्रयोग भएका पूर्वाधारहरु अन्तर्राष्ट्रिय स्तरकै पुर्वाधारहरु रहेको बताउनुभयो । उहाँले डिजिटलाईजेशनमा काम गर्नका लागि इन्फास्टक्चर, रेगुलेटरी फेमवर्क, सर्भिस प्रोभाइडरसँग डिजिटलमा जान कति अटोमेट छ भन्ने कुरा नै महत्वपूर्ण हुने बताउनुभयो ।

एससिटी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केले अहिले इन्टरनेट, मोबाइलको पहुँच, हातहतमा पुगेको भन्दै टेक्नोलोजिमा सबैलाई जोड्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले कोभिडका कारण डिजिटलको आवश्यकता झनै बढेको बताउनुभयो । कार्यक्रममा विभिन्न बैंकवित्त, डिजिटल सिष्टम, रेमिट्यान्स तथा बीमा कम्पनीका प्रमुखहरुको सहभागिता थियो ।

‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ के हो ?


यो कार्यक्रम पूर्णतया डिजिटल कारोबारलाई बढाउने र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्ने कार्यक्रम हो । ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ वित्तीय साक्षरता, वित्तीय पहुँचका साथै बैंकिङ कारोबार, सबै आर्थिक कारोबार, रेमिट्यान्स कारोबार, विलिङ, टिकेटिङ आदिलाई डिजिटलाइजेशन बनाउन सहयोग पु¥याउने कार्यक्रम हो । यस कार्यक्रममा विभिन्न सम्बन्धित स्रोत व्यक्ति (राष्ट्र बैंक, बैंक वित्त, क्यूआर, वालेट, टेक्नोलोजीसँग सम्बन्धित) स्रोत व्यक्तिले फाइनान्सियल डिजिटलाइजेशनका बारेमा आम–नागरिकले बुझ्ने र उनीहरुलाई डिजिटल फाइनान्सको प्रयोग गर्न सक्ने बनाउनका लागि विभिन्न कार्यक्रम संचालन हुने छ । यो कार्यक्रम विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा संचालन हुँदै आएको वित्तीय जागरण राष्ट्रिय अभियान अन्तरगतको परिवर्तित नयाँ स्वरुपको कार्यक्रम हो । ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ पूर्णतया डिजिटल कारोबार र फाइनान्सियल डिजिटलाइजेशन प्रयोगार्थ कार्यक्रम हो । यस अन्तर्गत डिजिटल बैंकिङ, बैंकिङ टेक्नोलजीमा प्रयोग हुने सबै प्रकारका टेक्नोजोजीहरु, आधुनिक मेसिन सिष्टमहरु, बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त तथा सहकारी क्षेत्रमा भित्रिएका टेक्नोलोजीहरुको प्रयोग अभिबृद्धिमा यो कार्यक्रम सहयोगी हुने छ । साथै रेमिट्यान्स सेवालाई डिजिटलाइजेशन गर्ने एवं ई–कमर्शलाई व्यापकता दिने कार्यमा यस कार्यक्रम सहयोगीसिद्ध हुने छ । आर्थिक पुनरुत्थानसँगै डिजिटल कारोबारमा नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यलाई सार्थकता दिनका लागि बैंक, वित्त तथा राष्ट्र बैंकबाट इजाजत प्राप्त विभिन्न कम्पनीहरुको प्रबद्र्धन गर्दै स्वच्छ प्रतिस्प्रर्धात्मक भावनाको विकास गराउने कार्यक्रमको प्रयत्न रहने छ ।

उद्यमी व्यबसायी र विधार्थीमा लक्षित कार्यक्रम
पहिलो चरण : प्रत्येक जिल्लामा रहेका स्थानीय उद्यमी र व्यवसायीहरुलाई लक्षित गरी बैंक, वित्त तथा सहकारी संस्थाहरुको समन्वयनमा स्कूल कलेजका प्रिन्सिपलहरु, उद्यमीहरु, व्यावसायिक ग्रुपहरु र स्थानीय जनप्रतिनिधिहरुसमेतको उपस्थितिमा जुममार्फत फाइनान्सियल डिजिटलाइजेशनको प्रयोग अभिबृद्धि बारे कार्यक्रम संचालन गरिने छ । जसमा वित्तीय साक्षरता अभिबृद्धि, बैंकिङ पहुँच अभिबृद्धि, खाता संचालन, बैंक, वित्तका सेवाहरु, रेमिट्यान्स सेवा, कर्जा लिने दिनेलगायतका कार्यमा फाइनान्सियल डिजिटलाइजेशन अवलम्बन गराइनेछ । त्यसका लागि डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण संचालन गरिनुका साथै ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ अन्तर्गत तयार गरिएको प्रत्येक व्यक्तिले बुझ्ने र कार्यान्वयन गर्न सक्ने सरल भाषाको भिडियो, अडियो तथा लिखित सामग्री डिजिटल माध्यमबाट उपलव्ध गराई जनचेतना बृद्धि गर्न लगाइने छ । यो चरणमा स्थानीय व्यबसायी तथा उद्यमीहरुलाई डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण गराइने छ ।

दोस्रो चरण  : प्रत्येक स्थानीय तहका जनप्रतिनिधिसहित त्यहाँ संचालनमा रहेका बैंक, वित्त, लघुवित्तसँगको समन्वयनमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को कार्यक्रम संचालन गरिने छ । यस कार्यक्रमलाई विद्यार्थी वर्गमा फोकस गरिने छ । स्कूल तथा कलेजका कक्षा ९ देखि व्याचलर्ससम्म अध्ययन गरिरहेका विद्यार्थीका लागि यो कार्यक्रम अघि बढाइने छ । जसमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स तथा फाइनान्सियल डिजिटलाइजेशनसँग जोडिएका विज्ञहरुको उपस्थितिमा स्थानीय तहका विद्यार्थीलाई सहभागी गराई ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ संचालन गरिने छ । जसमा वित्तीय साक्षरता, उद्यमशीलता एवं फाइनान्सियल डिजिटलाइजेशनको प्रयोगका बारे प्रत्यक्ष रुपमा जागरणयुक्त कार्यक्रमहरु पर्नेछन् । यसमा प्रशिक्षण, अन्तरक्रिया संचालन गरिनुका साथै फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ का लागि तयार पारिएका (भिडियो, अडियो तथा लिखित) सामग्रीहरु उपलव्ध गराइने छ । यो चरणमा विद्यार्थीहरुलाई डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण संचालन गरिने छ ।

यस कार्यक्रमको लक्षमा रहेर नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु र डिजिट क्षेत्रबाट गरी ३५ जना स्रोत व्यक्ति परिचालन हुनुहुने छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]