२०७३ भाद्र ६ गते

कञ्चन डेभलपमेन्ट बैंकको ९ औँ शाखा बेलौरीमा

Belauri Openingकञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले  बेलौरी नगरपालिकाको बेलौरी बजारमा आफ्नो ९औँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सोमबार बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउदले गरे । 

कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा प्रधान कार्यालय रहेको यस विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क्षेत्रिय स्तरको विकास बैक हो । यस बिकास बैंकले कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई मिति २०६६ साल देखि कार्य गर्दै आइरहेको छ । विभिन्न किसिमका निक्षेप तथा ऋण योजनाहरुका साथमा सेवा दिँदै आएको यस विकास बैंकले ए.टि.एम. र मोबाइल बैंकिङ्ग सेवा समेत सुचारु गरिसकेको छ ।

१९ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले आ.व. २०७२/७३ को चौथो त्रैमासमा १अर्ब ९१ करोड ४२ लाख४० हजार रुपैयाँ निक्षेप संकलन गरी कर्जातर्फ १ अर्ब ६४ करोड ४३ लाख ८३ हजार रुपैयाँ लगानी गरेको छ । सो अवधिमा बैंकले ९ करोड ७४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।