Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

कोरोनाका कारण आर्थिक बृद्धि ४.०१ प्रतिशत हासिल गर्न कठिन(पूर्णपाठ)

२०७८ जेष्ठ १४ गते

बैंकिङ खबर/कोरोनाको दोस्रो लहरको कारण संशोधित आर्थिक बृद्धि समेत हासिल नहुने भएको छ। आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ को महामारी बढेका कारण ४.०१ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न कठिन भएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य रहेकोमा बजेटको अर्धवार्षिक समिक्षामा समेत औसत आर्थिक बृद्धि हासिल हुने अपेक्षा थियो। त्यो भनेको ५ प्रतिशतको हाराहारी हुन आउछ। तर कोभिडको बढ्दो असरले त्यसमा चुनौती बढेको हो।

यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। तर कोरोना महामारीको कारण त्यो अनुसारको आर्थिक बृद्धि समेत हासिल नहुने भएको छ।

अर्थ सचिव शिशिर ढुंगानाले यस वर्ष कोरोना महामारीको कारण चुनौती थपिएको भए पनि गत वर्ष जस्तो आर्थिक बृद्धि नकारात्मक भने नहुने बताए।

हेर्नुहोस् आर्थिक सर्वेक्षणको पूर्णपाठ

आर्थिक सर्वेक्षण २०७७_७८ Press_20210528090726