
बैंकिङ खबर/सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्री विष्णुपौडेलले दिउँसो २ बजे अर्थ मन्त्रालयमा भर्चुअल माध्यमबाट आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लाग्नुभएको हो। प्रतिनिधिसभा विघटनभएसँगै सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।
के हो आर्थिक सर्वेक्षण ?
बजेट सार्वजनिक गर्नु भन्दा एक दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ ।
आर्थिक सर्वेक्षणमा विशेषतः समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्ष कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुने छ ।
त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।



