May 19th, 2021

अहिलेको अबस्था लम्बियो भने कर्जा असुलिमा समस्या पर्ने देखिन्छ

शुभाष घिमिरे

अन्य प्रदेशमा जस्तै सुदुरपश्चिममा पनि कोरोना भाइरसको संक्रमण छ । कोरोनाको दोस्रो लहरबाट यहाँ संक्रमित हुनेहरु धेरै नै छन् ।अझ विशेषगरी भारतसँग जोडीएको नाका भएका हिसावले पनि यस क्षेत्रलाई हरेकले संक्रमणको जोखिमका दृष्टिले हेरेका छन् । अन्य क्षेत्रजस्तै सुदुरपश्चिमको बैंक तथा वित्तीय क्षेत्रमा कोरोनाको प्रभाव परेको छ । तथापी हामीले सेवा रोकेका छैनौं । सकेसम्म डिजिटलाइजेशनमा जोड दिँदै काम गरिएको छ । सुरक्षाका सबै मापदण्ड अपनाएर मात्रै सर्भिस दिन बैंकवित्तलाई आग्रह गरिएको छ । भौतिक दुरीलाई कडाईका सथ पालना गर्ने र अत्यावश्यक बाहेक बैंकसमम पनि नजान अनुरोध गरेका छौं ।

‘विद्युतिय कारोबार गर्न भनेका छौं’
यहाँका कैलाली र कञ्चानपुरका जिल्ला प्रशासनले सरकारी कारोबार र राजश्व संकलन सम्बन्धी कारोबारका लागि बैंक खोल्न अनुमति दिएको छ । अन्य कारोबार एटिएम, विद्युतिय माध्यमबाट गर्ने भनेका छौं । बैंकहरुले कसैले शाखा खोलेर बस्नुभएको छ भने कसैले डिजिटल सेवालाई फोकस गर्नुभएको छ । सरकारी राजश्व संकलन लगायतका काय बाहेक सकेसम्म डिजिटलाइजेशनको प्रयोग गर्न लगाइएको छ । भौतिक रुपमा शाखा कम संचालन गर्ने र कम मानिस परिचालन गर्ने काम भएको छ । कसैले बाहिर सटर बन्द गरेपनि भित्रबाट सेवा दिनुपर्ने बाध्यता छ । स्थानीय प्रशासनसँग समन्वय गरेर कोहि बैंकिङ सेवा लिन ब्रान्चसम्म पुग्नुभयो भने उहाँहरुलाई सेवा दिइएको छ । बैंकवित्तका सबै कामहरु स्थानीय प्रशाशन र स्थानीय सरकारसँग कोडिनेशन गरेर संचालन गरिएको छ । त्यसैगरी सबै बैंकहरुमा सम्पर्क व्यक्ति तोकिएको छ । कसैलाई बैंकिङ सेवा अत्यावश्यक पर्‍यो भने सम्पर्क व्यक्तिलाई सम्पर्क गरेर बैंकसम्म जान सकिन्छ । यहाँका बैंकवित्त पूर्ण बन्द नभएर आंशिक रुपमा संचालीत छन् ।

लिमिट सर्भिसहरु दिइरहेका छौं
बैंकमा बढि भिडभाड भयो भन्ने हिसाबले प्रशासनबाट नोटिफिकेशन आएका कारण अहिले सिमित कामहरु मात्रै संचालन भएका छन् । बैंक बाहिर बन्द  देखिएपनि भित्र बैंकमा स्टापहरु बसेर काम गरिरहनुभएको छ । सर्वसाधारण बैंकसम्म पुगे भने उहाँहरुले सर्भिस दिएर पठाउने व्यवस्था गर्नुभएको छ । कुनै जिल्लामा निषेधाज्ञा छ तर पनि बैंकहरुले अत्यावश्यक सेवा दिइरहेका छन् । निषेधाज्ञा नभएका ठाउँहरुमा बैंकहरु खुलेको छ । सेवा दिइरहेका छन् ।

हाम्रोमा अहिले फोन ट्रान्सफरहरु माग भएर आएको छ । हामी यो बन्दको बेलामा फोन ट्रान्सफर पनि गरिरहेका छौं । फोन ट्रान्सफर भन्नाले विभिन्न जिल्लामा नेपाल राष्ट्र बैंकले नोटकोष मेन्टेन्ट गरेको हुन्छ । वाणिज्य बैंक, नेपाल बैंकले नोटकोष राखेको हुन्छ जुन त्यो जिल्लामा आवश्यक पर्ने फन्ट म्यानेज गर्नका लागि गरिएको हुन्छ । त्यो माग गरेपछि हामीले पठाइरहेका छौं । असहज अवस्था छैन, तथापी काम सुचारु गर्नेपर्ने अवस्था छ । लिमिट सर्भिसहरु बैंकहरुले दिइरहेका छन् ।

बैंक, वित्तीय संस्थाका कर्मचारी पनि संक्रमित

सुदुरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि कोरोना संक्रमणबाट प्रभावित भएको अवस्था छ । हालैको तथ्यांक अनुसार सुदुरपश्चिममा २ सय १७ जना बैंक, वित्तीय क्षेत्रका कर्मचारी संक्रमित हुनुहुन्थ्यो । बैंकका कर्मचारीहरुले भ्याक्सिन लगाउनुभएको छ । त्यो हिसाबले एकदम अप्ठ्यारो परेको स्थिति छैन । भ्याक्सिन दिएकाहरुलाई त्यस्तो धेरै नै असहज अवस्था छैन । होम आइसोलेसनमै बस्नुभएको छ । त्यस्तो क्रिटिकल केशहरु सुन्नमा आएका छैनन् ।

कर्जा असुलीमा असर

कोरोना भाइरस संक्रमण स्वास्थ्य संकट हो । निषेधाज्ञाले गर्दा सबै व्यापार व्यवसाय ठप्प भएको अवस्था छ । यो हिसाबले बैंकको कर्जा विस्तार पनि रोकिएको अवस्था छ । व्यवसायहरु चल्न नपाउँदा बैंकको रिकभरिमा कर्जा असुलीमा इम्प्याक्ट पर्न सक्छ । कति इम्प्याक्ट पर्छ भन्ने कुरा यो निषेधाज्ञा, कोरोनाको इम्प्याक्ट कति समयसम्म रहन्छ भन्नेमा निर्भर रहन सक्छ ।
समयमै नियन्त्रमा आयो । व्यपार व्यवसाय सञ्चालन भयो भने यसको इम्प्याक्ट कम हुने भयो । अहिले नै यति नै हुन्छ भन्ने आँकलन गर्न सकिँदैन ।

बैंकहरुको कर्जा विस्तार पक्कै पनि रोकिएको अवस्था छ । त्यसैगरी असार मसान्त आउन केहि समय मात्र बाँकी छ । कर्जा असुलीको काम पनि बाँकी छ । यदि यो लामो समय गयो भने कर्जा असुली रिकभरिमा असर पर्छ । नयाँ कर्जामा नै समस्या देखिन थालेपछि बैंकरहरूको कर्जा विस्तार नै प्रभावित बन्न जान्छ  । अरु क्षेत्र विस्तारै सहज हुँदै आएको थियो । व्यालेन्स सिट नै रिकभर हुँदै आएको थियो । तर अब असार मसान्तको फेजमा निषेधाज्ञा कति समयसम्म जान्छ भन्नेमा निर्भर हुन्छ ।

(नेपाल राष्ट्र बैंक सुदुरपश्चिमका क्षेत्रीय निर्देशक शुभाष घिमिरेसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित)

 

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]