May 16th, 2021

बढ्यो पेट्रोल र डिजेलको मूल्य


बैंकिङ खबर/ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]