Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकले ल्यायो भिसा डोमेस्टिक क्रेडिट कार्ड : सामान किन्दा १० प्रतिशत छुट

२०७३ भाद्र ५ गते

CC adसानिमा बैंकले ग्राहक महानुभावहरुको थप सेवा र सुबिधाको लागि भिसा डोमेस्टिक क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । नेपाल तथा भारतका भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने छ । सिमित अवधिका लागि व्यापारिक केन्द्रहरुमा यस कार्ड प्रयोग गर्दा खरिद रकमको १०% (अधिकतम रु ५०० सम्म) रकम फिर्ता हुने योजना रहेको छ । यो योजना यही आश्विन २०७३ सम्म जारी भएका क्रेडिट कार्डले २०७३ कार्तिक मसान्तसम्म व्यापारिक केन्द्रहरुमा गरेका कारोबारहरुमा लागू हुनेछ । 

यस अघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डोमेस्टिक डेबिट, डलर डेबिट तथा डलर ट्राभल कार्डहरु संचालनमा ल्याइसकेको छ । साथै निकट भविष्यमै डलर क्रेडिट कार्ड जारी गर्ने योजना रहेको छ ।

बैंकले हाल आफ्ना सम्पूर्ण शाखाहरु तथा अन्य ब्यपारीक स्थानहरुमा गरि ४७ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

Ad