बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आबको नौ महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा कोरोना महामारीको बीचमा पनि रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म रु.७२९ अर्ब २ करोड रेमिट्यान्स पुगेको छ । अघिल्लो आबको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि भएको हो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत छ ।
- आयात १३.१ प्रतिशतले र निर्यात २०.२ प्रतिशतले बढेकोछ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडलेबचतमा छ ।
- कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ९६ करोड अमेरिकी डलर रहेको छ ।
- संघीय सरकारको खर्च रु.६९० अर्ब २८ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८७ करोड छ ।
- विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.९ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.७ प्रतिशत र निजीक्षेत्र माथिको दावी २१.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने क्षेपको वृद्धिदर २३.० प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर २१.७ प्रतिशत छ ।


