प्यासिफिक डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा २ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा ११.२४ प्रतिशतले बढोत्तरी भएको हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको उल्लेख्य प्रगतीले नाफा बढाएको हो । बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १० दशमलव ९२ प्रतिशत बढेर ४ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
बैंकले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढाएर १ अर्ब ५ करोड रुपैयाँ राखेको छ । एक वर्याको अवधिमा १ अर्ब ५ करोड कुल निक्षेप सङ्कलन गरेको बैंकले कर्जातर्फ ९१ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ । सो अवधिमा बैंकको ब्याज आम्दानी ९ दशमलव ८६ प्रतिशतले बढेको छ भने र ब्याज खर्च ११ दशमलव ५५ प्रतिशतले बढेको छ । त्यस्तै, कर्मचारी खर्च ८ दशमलव ८० प्रतिशत, अन्य सञ्चालन खर्च ४ दशमलव २२ प्रतिशत र कुल सञ्चालन आम्दानी ८ दशमलव ४५ प्रतिशतले बढेको छ ।
बैङ्कको स्थिर सम्पत्ति १ दशमलव ८५ प्रतिशत र अन्य सम्पत्ति १४ दशमलव ६२ प्रतिशत झरेको छ । बैंकले सम्भावित जाखिम व्यवस्थाका लागि दशमलव ७४ प्रतिशत घटाएर १० लाख ६७ हजार रुपैयाँ छुट्याएको छ । पूँजीकोष लागत ५ दशमलव ७९ प्रतिशत र पूँजीकोष पर्याप्तता १७ प्रतिशत रहेको बैंकको सीडी रेशियो ७५ दशमलव ५२ प्रतिशत रहेको छ ।