२०७३ भाद्र ३ गते

पूर्णिमा विकास बैंकले यसरी कमायो साढे ६ करोड मुनाफा

purnima bikas bankपूर्णिमा विकास बैंकले गत आर्थिक वर्षमा ६ करोड ५३ लाख नाफा आर्जन गरेको छ । बैंकले एक वर्षको अवधिमा नाफामा ४२ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३४ दशमलव ७६ प्रतिशत बढेको छ । २ अर्ब ३२ करोड रुपैयाँ कुल निक्षेप सङ्कलन गरी बैंकले १ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ब्याज आम्दानी २२ करोड २१ लाख रुपैयाँ पुगेको छ भने ब्याज खर्च ३ दशमलव १४ प्रतिशतले बढेर १० करोड ४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्मचारी खर्च २३ दशमलव ६१ प्रतिशत, अन्य सञ्चालन खर्च २५ दशमलव २१ प्रतिशत र कुल सञ्चालन आम्दानी २९ प्रतिशत बढेको छ ।

जगेडा कोष साढे ३ गुणा बढेर रू. ८ करोड ९५ लाख पुगेको छ । सम्भावित जोखीमबापतको व्यवस्थामा बैंकले १९ दशमलव ६८ प्रतिशतले घटाएर ४० लाख १ हजार रुपैयाँ राखेको छ । निष्क्रय कर्जा शून्य दशमलव १ प्रतिशत रहेको बैंकको सीडी रेशियो शून्य दशमलव ९७ प्रतिशत घटेर ६७ दशमलव ५४ प्रतिशतमा सीमित भएको छ । बैंकको पूँजीकोष लागत ४ दशमलव ५४ प्रतिशत र पूँजीकोष पर्याप्तता १४ प्रतिशत रहेको छ ।