April 19th, 2021

‘प्रभु पेले डिजिटल बैंकिङको अवसर दियो, अरु वालेट अपांगतामैत्री छैनन्’

विरोध खतिवडा
अध्यक्ष, अपांग संरक्षण नेपाल

अपांगता संरक्षण नेपाल अपांगता भएका व्यक्तिहरूको हकहितमा काम गर्ने संस्था हो । हामीले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण गर्दै आएका छौँ । हामी अपांगता भएका व्यक्तिहरूको हकहित र समस्या समाधानका लागि जन–वकालत गर्छौं । म आफू दृष्टिविहीन व्यक्ति हुँ । हाम्रो संस्थाले अपांगता भएका व्यक्तिका जहाँ–जहाँ समस्या छन्, तिनको समाधानका लागि सहजीकरण गर्दै आएको छ । हामीले विभिन्न ठाउँमा गएर सेतो छडी, बैसाखी, ह्विलचेयरलगायत सामग्री वितरण गर्दै आएका छौँ । सँगसँगै अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार तथा स्वरोजगार बन्न सहयोग गर्छौं ।

बैंकिङ सेवा अपाङ्गता भएका व्यक्तिलक्षित भएन

अपांगता भएका व्यक्तिहरू अझै पनि बैंकिङ सेवाबाट वञ्चित छन् । कुनै पनि बैंकले अपांगतामैत्री सेवामा ध्यान दिएका छैनन् । मेरो अनुभवमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी कुनै पनि बैंकले काम गर्न सकेजस्तो लाग्दैन । चाहे विद्युतीय कारोबारमा होस् या अन्य बैंकिङ कारोबारमा, हामीले बैंकिङ सेवाको उपभोग गर्न पाएका छैनौँ । अपाङ्गता भएका व्यक्तिहरूको सेवामा सहज पहुँचका लागि अहिलेसम्म बैंकिङ सेवाप्रदायकबाट पहल भएको छैन । २७ वटा क वर्गका वाणिज्य बैंक छन् । त्यस्तै, ख, ग, घ वर्गका गरी बैंकिङ कारोबार गर्ने धेरै खालका बैंक तथा वित्तीय संस्थाहरू छन् । तर, ती संस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई फोकस गरेर कुनै पनि काम गरेको पाएका छैनौँ ।

नेपालमा भूकम्पअगाडि अनुमानित ३५ लाखको संख्यामा अपाङ्गता भएका व्यक्ति थियौँ । अहिले त्यो संख्या करिब ४० को हाराहारीमा पुगेको हाम्रो अनुमान छ । अपांगता भएका व्यक्तिहरूले पनि विद्युतीय प्रणालीमार्फत कारोबार गर्न सक्छन्, त्यसका निम्ति उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ, सेवाप्रदायकले सहजीकरण गरिदिनुपर्छ भन्ने विषयमा ध्यान नै गएको छैन ।

डिजिटल कारोबार गर्न हामीले धेरै मोबाइल वालेट तथा मोबाइल बैंकिङ सेवाप्रदायकलाई ताकेता गर्दा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि ‘एक्सेसिबल’ सेवा पाउन सकेनौँ । विशेषगरी, बहिरा र दृष्टिविहीन व्यक्तिले पहुँचयुक्त सेवा पाउन सकेका छैनन् । कोरोनाका कारण लामो समय लकडाउन भइदियो । लकडाउनको समयमा अपांगता भएका व्यक्तिलाई आर्थिक कारोबार गर्न थप कठिनाइ भयो । यसबीचमा अपाङ्गता संरक्षण नेपालले राष्ट्र बैंकसँगै अन्य बैंकहरूको संलग्नतामा अनलाइनमार्फत २–३ वटा कार्यक्रम गर्‍यौँ । अपाङ्गता भएका व्यक्तिहरूको समेत पहुँचमा हुने गरी सेवा दिन किन कन्जुस्याइँ गरिएको हो ? यसमा किन यस्तो अप्ठ्यारो भइरहेको छ ? कानुनी रूपमा पनि केही समस्या छ कि भनेर हामीले धेरै खोजी गर्‍यौँ । नेपाल राष्ट्र बैंकले यी विषयमा रुलिङसमेत गरेको छ, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा दिनुपर्छ भनेको छ । तर, बैंकहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा सेवा दिइरहेका छैनन् । मोबाइल वालेटको हकमा पनि अहिले चलिरहेका विभिन्न वालेटहरू हाम्रो सहज पहुँचमा छैनन् ।

बैंक हाम्रो पहुँचमै छैन

अपांगता भएको व्यक्ति नपढेको भन्ने हुँदैन, तर बैंकले ल्याप्चे लगाउने जति सबैलाई नपढेको भन्ने रहेछ । म आफैँ पनि मास्टरको विद्यार्थी, मेरा सर्टिफिकेट सबै छन्, मैले अहिलेसम्म सबै परीक्षा प्रथम श्रेणीमै पास गरेको हुँ भने म नपढेको कसरी भएँ ? कतिपय साथीहरू व्यवसायी, शिक्षक हुनुहुन्छ, कतिपय आफ्नै काम गर्नुहुन्छ भने कतिपय निजी क्षेत्रमा काम गर्नुहुन्छ । त्यस्तै, व्यक्तिगततवरबाट अन्य कारोबार पनि गर्नुहुन्छ । यी सबैखाले काममा बैंकमा गएर पैसा जम्मा गर्नुपर्ने हुन्छ । अहिले सबै कम्पनीलाई सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्नू भनिएको छ । तर, अपांगता भएका व्यक्तिहरूका लागि कुनै पनि बैंकले त्यो पहुँचको विकास गर्न सकेको छैन । अपांगता भएका व्यक्तिहरू समग्र बैंकिङ सेवाबाट वञ्चित हुनुुहुन्छ ।

बैंकमा खाता खोल्न स्वयम् उपस्थित हुनुपर्छ । हामी बैंकमा जाँदा सहयोगी लिएर जानुपर्ने बाध्यकारी अवस्था छ । डिजिटल बैंकिङमा पहुँच नहुँदा हरेकपटक पैसा जम्मा गर्न तथा झिक्न बैंक पुग्नुपर्ने अवस्था छ । फिजिकल अपांगता भएका व्यक्तिहरूले बैंकमा जान ह्विलचेयरको प्रयोग गर्नुपर्छ । कतिपय बैंक दुई–तीन तला माथि हुन्छन् र लिफ्टको पनि व्यवस्था हुँदैन । भ¥याङबाट ह्विलचेयर कसरी लाने ? त्यस्तै, बैसाखी प्रयोग गर्ने साथीहरू कसरी जाने ? दृष्टिविहीन साथीहरूलाई पनि बैंकभित्र प्रवेश गर्न एकजना साथी लिएर जानुपर्ने निर्देशन बैंकहरूले गरेका छन् । त्यस्तै, आँखा नदेख्ने भएपछि ल्याप्चे चलाउनुप¥यो, तर ल्याप्चे लगाउनेलाई डिजिटल बैंकिङका कुनै पनि सेवा–सुविधा नदिने प्रावधान हुँदोरहेछ । लेखपढ गर्न जानेर पनि ल्याप्चे लगाउनुपर्ने बाध्यताले पनि डिजिटल बैंकिङमा हाम्रो पहुँचमा बाधा पु¥याइरहेको छ ।

‘प्रभु पे’ले दियो डिजिटल कारोबारको पहिलो अवसर

‘प्रभु पे’ले ३–४ महिनाअघि अपांगता भएका व्यक्तिहरूको समेत पहुँचमा हुने गरी सेवा ल्याएपछि भने हामीले पनि डिजिटल कारोबारको अवसर पाएका छौँ । प्रभु ग्रुपअन्तर्गतको ‘प्रभु पे’ले अपांगता संरक्षण नेपालसितको सहकार्यमा अपांगता भएका व्यक्तिको पहुँचमा सेवा पुर्‍याएको छ, जसको म आफैँले सहजीकरण गरिरहेको छु । प्रभु टेक्नोलोजीले दृष्टिविहीनहरूले पनि सहज रूपमा चलाउन सक्ने विद्युतीय भुक्तानी सुविधा दिएको छ ।

एन्ड्रोइड मोबाइलमा बोल्ने प्रविधि (मोबाइलमा ‘टक ब्याक’ र कम्प्युटरमा ‘एनभिडिए’) सहायताले हामी डिजिटल प्रणालीको सहजै प्रयोग गर्न सक्छौँ । प्रभु पेले अपांगता भएका व्यक्तिहरूका लागि पनि डिजिटल कारोबारमा पहिलोपटक यो सुविधा दिएको छ । स्मार्ट फोन प्रयोगकर्ताका लागि मात्र नभएर प्रभु पेले बार फोन प्रयोगकर्ताका लागि समेत यो सुविधा दिएको छ । अपाङ्गता भएका व्यक्तिहरूले प्रभु पे मोबाइल वालेटको केवाइसी भर्दा अपाङ्गता परिचयपत्र पनि राख्नुपर्छ । प्रभु पेले अपांगता भएका व्यक्तिहरूलाई हरेक कारोबारमा क्यासब्याकमा पनि विशेष सुविधा दिएको छ । सय रूपैयाँको रिचार्ज गर्दा सामान्यतया दुई रूपैयाँ क्यासब्याक आउँछ भने अपांगता भएका व्यक्तिले सोही कारोबारबापत दुई रूपैयाँ पचार पैसा क्यासब्याक पाउँछन् । प्रभु पे मोबाइल वालेट चलाउँदा दृष्टिविहीनहरूले पनि टक ब्याकको सहायताले सजिलै चलाउन सक्छन् ।

‘प्रभु पे’को प्रयोग गर्न आग्रह गर्छु किनकि यो अपांगतामैत्री छ

नेपालमा निजीस्तरको कम्पनीले पहिलोपटक अपांगता भएका व्यक्ति नै कर्मचारी राखी अपांगता भएका व्यक्तिहरूलाई विद्युतीय सेवा प्रदान गर्दै आएको छ । प्रभु पेको यो सेवा अपांगता भएका व्यक्तिको पनि सहज पहुँचमा छ । यसमा केवाइसी अपडेट पनि आफैँ गर्न सकिन्छ । अन्य कारोबारका लागि पनि कसैको सहायता लिनुपर्दैन, आफ्नै मोबाइलमार्फत हामी आफैँ चलाउन सक्छौँ । हरेक कारोबारमा फाइदा पनि छ । त्यसैले अपांगता भएका व्यक्तिका लागि यही सेवा उपयोगी छ ।

डिजिटलाइजेसनमा पहुँच आवश्यक

अपाङ्गता भएका व्यक्तिहरूले विद्युतीय प्रणाली चलाउँदै नचलाउने भन्ने होइन । अरुलाई भन्दा अपांगता भएका व्यक्तिलाई यो प्रणालीको आवश्यकता झन् बढी छ । उदाहरणका लागि म दृष्टिविहीन व्यक्ति हुँ । म बैंकसम्म पुग्न सहयोगी आवश्यक पर्छ । बैंकभित्र गएर पनि सिग्नेचर गर्नेदेखि हरेक काममा अरुको सहयोग चाहिन्छ । सबै ठाउँमा सहयोगी उपलब्ध हुन्छन् भन्ने छैन । यसमा हाम्रो कारोबारको सुरक्षाको पनि सवाल उठ्छ । त्यसैले हामीले सानो–ठूलो सबै कारोबार घरमै बसेर मोबाइलमार्फत आफैँले गर्ने अवसर पाएमा सबैखाले समस्या समाधान हुन्छन् ।

बैंकिङ क्षेत्रमा काम गर्ने संस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहज हुने गरी सेवा दिँदा कुनै पनि समस्या रहँदैन । हामीले पनि त्यसको सहज प्रयोग गर्न सक्छौँ । यसले बैंक र हामी दुवैलाई फाइदा पु¥याउँछ । त्यसैले यस विषयमा सेवाप्रदायक बैंक तथा वित्तीय संस्थाले सबैको पहुँमा सेवा पुर्‍याउने काममा ढिलाइ गर्नुहुँदैन । नियामक निकायहरूले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा दिने कार्यको प्रभावकारी सहजीकरण गरिदिनुपर्छ ।

हामी सक्छौँ : आफैँ सिकौँ र प्रयोग गरौँ
अपांगता भएका व्यक्तिहरूले पनि डिजिटल बैंकिङको प्रयोग गर्न सक्छन्, मात्र बैंकिङ सेवा अपांगतामैत्री बनाइनु अवश्यक छ । आफ्नो कारोबारको गोपनीयता कायम गर्न र सुरक्षाका लागि पनि हामी यो प्रविधिमा अभ्यस्त हुनु आवश्यक छ । यसका निम्ति हामीले हरेक कारोबारमा अरुको भर पर्ने होइन, आफैँ सिक्नुहोस् । यो प्रणालीबारे विस्तृत जानकारी लिनुपर्छ । अहिले वालेट वा एपको माध्यमबाट हामी घर बसी बसी कहाँ कति पैसा गयो, केमा कति खर्च भयो भनेर बुझ्न सक्छौँ । बैंकलाई फोन गरेर पनि आफ्नो कारोबारबारे जानकारी लिन सक्छौँ । त्यसकारण हामीले पहिला जानकारी लिनुपर्छ, सिक्नुपर्छ, अनि मात्र चलाउनुपर्छ ।

दृष्टिविहीन साथीहरूलाई मेरो के अनुरोध छ भने यदि तपाईंहरू एनड्रोइड फोन चलाउनुहुन्छ भने पहिला आफ्नो फोनसँग सम्बन्धित सबै जानकारी लिनुहोस् । त्यसपछि मोबाइल वालेट र मोबाइल बैंकिङसँग सम्बन्धित जानकारी लिनुहोस् । कति कुराहरू अरुसित सेयर गर्न हुन्छ भने कतिपय कुराहरू सेयर गर्नुहुँदैन । आफ्नो ओटिभी कोड, पासवर्डजस्ता कुराहरू सेयर गर्दै गर्दा तपाईंले जम्मा गरेर राखेको रकम चुहावट पो हुने हो कि ? यसतर्फ सजग रहनुपर्छ । यस्ता संवेदनशील पक्षलाई ध्यानमा राखेर डिजिटल बैंकिङको सुरक्षित प्रयोग गर्न म सबैलाई अनुरोध गर्दछु ।

कोरोनाभइरस फेरि बढ्दै गइरहेको अवस्था छ । त्यसकारण नेपाल पनि अर्काे चरणको लकडाउनमा नजाला भन्न सकिँदैन । त्यसो भयो भने हाम्रा नियमित कारोबारहरू जस्तै, टिभीको रिचार्ज, मोबाइलको रिचार्जलगायत घरमै बसी बसी गर्न पाइयो भने हामीलाई निकै सहज हुन्छ । अहिले विश्व नै डिजिटल भइरहेको अवस्थामा नेपाल पनि डिजिटल कारोबारमा गइसकेको छ । त्यसैले हामी पनि यो अभियानको हिस्सा बनौँ, पहिले यसको शिक्षा लिऔँ, अनि सुरक्षाका सबै उपायहरूको अवलम्बन गर्दै सावधानीपूर्वक प्रयोग गरौँ ।

(बैंकिङ खबरले गरेको कुराकानीमा आधारित सामग्री)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]