August 16th, 2016

सिभिल बैंकको नाफा ३३ करोडभन्दा बढी

civil bankसिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा ४४ दशमलव १० प्रतिशतले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २३ करोड रुपैयाँ मुनाफा कमाएको थियो ।

हाल ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ५३ करोड ३६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १८ दशमलब ४१ प्रतिशतले वृद्धि गरी ३१ अर्ब ५६ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ १४ दशमलव ०६ प्रतिशतले बढाएर २५ अर्ब ७० करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी खुद व्याज आम्दानी १६ दशमलव ९४ प्रतिशतले बढेर ९९ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३३ दशमलव ६८ प्रतिशतले बढेर २५ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजन ४७ करोड रुपैयाँ राखेको छ भने २८ करोड रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी १० दशमलव ७५ रुपैयाँ, मूल्य आम्दानीे अनुपात २३ दशमलव ७२ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय १७ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ७९ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५ प्रतिशतले घटेर २ दशमलव ७० प्रतिशत रहेको छ र जोखिमयुक्त सम्पति १ दशमलव १४ प्रतिशतले घटेर १२ दशमलव ५१ प्रतिशत रहेको छ ।