गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । अघिल्लो आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनश बाँडेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले बोनशपश्चातको चुक्ता पुँजीको पचास प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद जारी गर्न लागेको हो ।
कम्पनीको वैशाख २ गतेसम्पन्न विशेष साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्तापूँजी ४५ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । राष्ट्र बैकले तोके अनुसार ०७४ असारसम्ममा ८० करोड चुक्ताँपूजी पुर्याउनका लागि फाइनान्स आफू बराबरकै कुनै एक वित्तीय संस्थासँग यसै आर्थिक बर्षमा मर्जरमा जाने योजनामा रहेको छ ।