August 15th, 2016

सिटिजन्स बैंकले एकैसाथ विस्तार गर्यो २ एटीएम र १ शाखारहित बैंकिङ सेवा

citizensसिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो महाबौद्ध र मानभवनका शाखाहरुबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । साथै यु. के. एडको लगानीमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा बैंकले नुवाकोट जिल्लाको देउराली गा.वि.स. मा थप एक वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरिएको छ । बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी आईसिङ्ग तामाङ्गलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।