कामना विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा १७ करोड ११ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको खुद मुनाफामा ११०.३१ प्रतिशतको बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षमा बैकले ८ करोड १३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
६६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा २९ करोड रुपैयाँ राखेको छ । सो अवधिमा निक्षेपमा ११९.७९ प्रतिशतले वृद्धि गरी ६ अर्ब ९० करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ १३३.६२ प्रतिशतले बढाएर ५ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १ सय १४ दशमलव १९ प्रतिशतले बढेर ३४ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ सय १४ दशमलव ५२ प्रतिशतले बढेर २६ करोड पुगेको छ । बैंकले प्रोभिजनमा १ करोड २४ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १४ दशमलव ५३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २५ दशमलव ८७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ७५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ११ रुपैयाँ र तरलता अनुपात २८ दशमलव २७ प्रतिशत रहेको छ ।