August 14th, 2016

नविल बैंक पनि अब विद्युतीय भुक्तानी प्रणालीमा

nabil-bankनेपाल क्लियरिङ्ग हाउस लिमिटेडले र नबिल बैंक लिमिटेडसंग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा (NCHL-IPS) सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नबिल बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत विनयकुमार रेग्मीले हस्ताक्षर गरे । यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

NCHL-IPS प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथावित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणालीमार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । 

NCHL-IPS प्रणालीका लागि कम्पनीले ५७ बैंक तथावित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । नविल बैंकसँगको यस सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा जाने सदस्य संख्या ६१ पुगेको छ । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गर्दै आएकको NCHL-ECC सेवामार्फत आफ्ना ११३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,७४७ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै छ ।