Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबी माइक्रोफाइनान्सले थाल्यो क्षमता अभिवृद्धि तालिम

admin २०७३ श्रावण ३० गते
सेयर:

nmb mएनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले समीक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । उक्त तालिमको आइतबार पोखराको पृथ्वी चोकस्थित होटल दिपमालामा प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले उद्घाटन गरे । कम्पनीले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको जनाएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले फिल्ड कर्मचारीहरु वित्तीय संस्थाको धरोहर भएको भन्दै उनीहरुमा लघुवित्त लगायत सम्पूर्ण बैंकिङ क्षेत्रको ज्ञान हुनुपर्ने बताए । यसका लागि विभिन्न किसिमका तालिम आवश्यक रहेको कुरा समेत उनले औँल्याए । कार्यक्रममा कोनाजोले लघुवित्तको क्षेत्रमा चुनौती रहेको बताउँदै चुनौतीलाई अवसरको रुपमा रुपान्तरण गर्नका लागि थप मेहनत गर्न कर्मचारीलाई उत्प्रेरित गरे ।

३ दिनसम्म चल्ने सो गोष्ठी तथा तालिम कार्यक्रममा आफ्नो शाखाअन्तर्गत आ.व. २०७२/०७३ मा भएको फिल्ड कर्मचारीहरुको ब्यक्तिगत लक्ष्य तथा प्रगतीको समीक्षा, फिल्डमा कार्यक्रम संचालनका क्रममा आइपरेका चुनौतीहरुका साथै सो चुनौतीहरुको समाधान कसरी गरियो भन्ने कुराको साथै आगामी आ.व. को लक्ष्य हासिल गर्नका लागि आवश्यक रणनीतिहरुको बारेमा छलफल गर्ने साथै भाखा नाघेको कर्जा ब्यवस्थापन एवम् लगानी गरिएको कर्जाको भाखा नाघ्न नदिन ध्यान दिनुपर्ने कुराहरु समेटी क्षमता अभिबृद्धि गराउने कार्यक्रम रहेको कुरा प्रकाश पारियो ।

कार्यक्रममा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका १५ जना कर्मचारीहरुका साथै ३३ वटा शाखा कार्यालयहरुका ७५ जना फिल्ड कर्मचारीहरुले आआफ्नो शाखामा गरिएको लक्ष्य तथा प्रगती सम्वन्धमा प्रस्तुतीकरण गरे । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।