Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

किन घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा ?

admin २०७३ श्रावण ३० गते
सेयर:

scbस्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा खुद १ अर्ब २६ करोड रुपैयाँ मुनाफा कमाएको छ । बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ९३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निक्षेप २ दशमलव ७२ प्रतिशतले घटेको छ । जसअनुसार, ५५ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन भएको बैंकले जनाएको छ । त्यस्तै, ३१ अर्ब ६९ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २ दशमलव ९२ प्रतिशतले घटेको छ । जसअनुसार एक वर्षमा १ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको छ । सञ्चालन मुनाफा पनि ८ दशमलव ४८ प्रतिशतले घटेर १ अर्ब ६७ करोड रुपैयाँमा कायम भएको छ । सो अवधिमा २४ करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाएको  बैंकले प्रोभिजनमा २५ करोड ५५ लाख रुपैयाँ राखेको छ । 

बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ४५ रुपैयाँ, मूल्य आम्दानीेको अनुपात (वार्षिक) ८० दशमलव ०१ गुणा, प्रति शेयर नेटवर्थ २ सय ५६ दशमलब ५९ रुपैयाँ रहेको छ । जोखिमयुक्त सम्पति १५ दशमलव ८२ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशत रहेको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।