Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबिआई बैंकले कमायो १ अर्ब ३३ करोड मुनाफा

admin २०७३ श्रावण ३० गते
सेयर:

sbi bankनेपाल एसबिआई बैंक लिमिटेडले गत वर्षमा १ अर्ब ३३ करोड १८ लाख रुपैयाँ खुद मुनाफा कमाएकोे छ । बैंकले गत वर्षको तुलनामा २४ दशमलव ९७ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो ।

३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ रहेको बैंकले जगेडाकोषमा ३ अर्ब ९ करोड ४० लाख रुपैयाँ राखेको छ । निक्षेपमा २७ दशमलव ४५ प्रतिशतले वृद्धि गरी ६५ अर्ब २१ करोड ३५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १७ दशमलव ५४ प्रतिशतले बढाएर ४६ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी १८ दशमलव ०२ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा २५ दशमलव १५ प्रतिशतले बढेर २ अर्ब ४ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकले १० करोड ९९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने ६ करोड रुपैयाँ राइटव्याक गरेको छ ।

बैंकको निष्कृय कर्जामा शुन्य दशमलब ०५ प्रतिशतले घटेर शुन्य दशमलव १४ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति शुन्य दशमलव ७ प्रतिशतले घटेर १३ दशमलव ३३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३४ दशमलव २९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५४ दशमलव ६८ गुणा, नेटवर्थ १ सय ७९ रुपैयाँ ६७ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ४५ प्रतिशत रहेको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।