August 11th, 2016

कालीकोटका विद्यालयमा ग्लोबल आईएमई बैंकले पुर्यायो कम्प्युटरको पहुँच 

Imageग्लोबल आइएमई बैंकले कालीकोटका विभिन्न सरकारी विद्यालयहरुलाई १२ थान कम्प्युटर सहयोग गरेको छ । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरे ।  

आफ्नो सामाजिक उत्तरदायीत्वअन्र्तगत बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा बिद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको जनाएको छ । 

ग्लोबल आइएमई बैंकले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको छ । बिभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहदै आएको छ । 

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा  शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।