स्टाण्डर्ड चाटर्ड बैंक, नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६ (Asia Best Employer Brand Awards 2016) को उपाधि जितेको छ । Employer Branding Institute (EBI) र अन्य कुटनीतिक साझेदारद्धारा हालै सिंगापूरमा आयोजित र Asian Confederation of Businesses द्धारा प्रायोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । स्टान्डर्ड चार्टर्ड नेपाल, बैंकका तर्फबाट एच.आर. प्रमुख बीना राणाले उक्त पुरस्कार ग्रहण गरिन् ।
प्रत्येक देशमा सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड सम्बन्धी रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको एक टोलीले गरेको थियो । उक्त टोलीमा ७ वर्षको रिसर्च अनुभव भएका इतिहास र व्यवस्थापन विषयहरुका पोष्ट ग्राजुएटहरु सामेल थिए । विजेताहरुको छनोटमा विशिष्ट Learning & Development Initiatives, Communicating distinctiveness in Employee hiring, Training तथा Retention Practices र Continuous Innovation का आधारमा गरिएको थियो ।
यसै बर्ष बैंकले ग्लोवल फाइनान्सको सर्वश्रेष्ठ डिजिटल बैंक पुरस्कार २०१६ र उत्कृष्ट वर्ष २०१६ को युरोमनी पुरस्कार समेत जितेको थियो ।