Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१ लाख ६९ हजार कित्ता हकप्रद निष्काशन गरेको मिथिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था

admin २०७३ श्रावण २४ गते
सेयर:

mithilaमिथिला लघुवित्त विकास बैंकले गत आर्थिक वर्षमा ९० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको भन्दा १४ दशमलव ७३ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ७८ लाख रुपैयाँ मुनाफा कमाएको थियो । 

३ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ करोड ४२ लाख रुपैयाँ राखेको छ । सो अवधिमा बैंकले ६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जातर्फ २९ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ । 

निष्कृय कर्जा ३ दशमलव ९५ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ४९ लाख रुपैयाँ राखेको छ । सो अवधिमा बैंकले ४३ हजार रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १० दशमलव २९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २६ दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय ७ दशमलव ३० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४२ दशमलव ०१ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ६८ प्रतिशत रहेको छ ।

मिथिला लद्युवित्त विकास बैंकले ५० प्रतिशत अर्थात् एक करोड ६९ लाख ७४ हजार रुपैयाँ बराबरको एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासन पश्चात बैंकको पूँजी ५ करोड ९ लाख रुपैयाँ पुग्नेछ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।