Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दाङमा मात्रै कृषि विकास बैंकको १८ करोड लगानी

२०७३ श्रावण २० गते

adblकृषि विकास बैङ्क शाखा कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०७२/७३ मा १८ करोड रुपैयाँ लगानी गरेको छ । बैङ्कका प्रबन्धक एकराज आचार्यका अनुसार बैङ्कले गत आवमा ७ करोड रुपैयाँ निक्षेप वृद्धि गरेको छ । बैङ्कमा हाल २२ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ । बैङ्कले गत आवमा ३ करोड रुपैयाँ निक्षेप सङ्कलनको लक्ष्य लिएको थियो । 

त्यसैगरी बैङ्कले तीन करोड पाँच लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कमा अब एक लाख ७५ हजार रुपैयाँ मात्र भाखा नाघेको ऋण रहेको छ भने ब्याज एक लाख ४१ हजार रुपैयाँमात्र रहेको बताइएको छ । रासस