२०७३ श्रावण २० गते

सूर्योदय लघुवित्तको मुनाफा झन्डै साढे १ करोड

suryodayaसूर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सुर्योदयले अघिल्लो वर्षको तुलनामा १ सय ६८ दशमलव ११ प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ करोड ८० लाख रुपैयाँ भएको सूर्योदय लघुवित्तले जगेडा कोषमा १ करोड ७३ लाख रुपैयाँ राखेको छ । सूर्योदय लघुवित्तले निक्षेपमा १ सय ६२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १३ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ९१ दशमलव ३३ प्रतिशतले बढाएर ४२ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । 

खुद व्याज आम्दानी १ सय ३४ दशमलव ६४ प्रतिशतले बढेर ४ करोड १३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ सय २४ दशमलव १४ प्रतिशतले बढेर २ करोड ३५ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा २० लाख रुपैयाँ राखेको कम्पनीले जनाएको छ । जोखिमयुक्त सम्पत्ति १० दशमलव ९६ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी ५३ दशमलव ४६ प्रतिशत रहेको छ ।