सोसाईटी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा २० करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १.३० प्रतिशतले घटेको हो । अघिल्लो वर्ष बैंकले २० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थियो ।
८९ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा१० करोड २७ लाख रुपैयाँ राखेको छ । यसअवधिमा बैंकले ७ अर्ब ५९ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब १२ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी, सञ्चालन मुनाफा बढेपनि खुद नाफा भने घटेको छ । बैंकको खराब कर्जा १.९९ प्रतिशत रहेको छ । ३ करोड ३१ लाख रुपैयाँ प्रोभिजनमा राखेको बैंकले गत आर्थिक बर्षमा ११ करोड ६३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक २२.३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५.९६ गुणा, प्रतिशेयर नेटवर्थ १०१.४५ रुपैयाँ र तरलता अनुपात ३०.८७ प्रतिशत रहेको छ ।