सेञ्चुरी कमर्सियल बैंकको ८५ लाखभन्दा बढी कित्ता हकप्रद शेयर भदौ ५ गतेबाट निष्काशन हुने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ८५ करोड २२ लाख ८५ लाख ४० हजार रुपैयाँ बराबरका २२ हजार ४ सय कित्ता हकप्रद जारी गर्न लागेको हो ।
बैंकले आफ्ना सेयर लगानीकर्तालाई १० सेयर बराबर तीन हकप्रद दिन लागेको हो । सर्वसाधारणमा ४६ प्रतिशत सेयर रहेको बैंकको हकप्रद जारीपछि पुँजी ८५ करोड २२ लाख रुपैयाँले बढ्ने छ ।
बैंकको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल छ । हकप्रद आवेदन सिभिल क्यापिटल र बैंकका शाखामा गएर दिन सकिने छ ।