August 2nd, 2016

लक्ष्मी बैंकले कमायो ६७ करोड मुनाफा

laxmi bankगत आर्थिक बर्षमा लक्ष्मी बैंकले ६७ करोड ३७ लाख मुनाफा आर्जन गरेको छ । बैंकले अािघल्लो बर्षको तुलनामा झण्डै ६२ प्रतिशत अर्थात करिब २४ करोड रुपैयाँ धेरै नाफा कमाएको हो । अघिल्लो बर्ष बैंकले ४३ करोड ६३ लाख नाफा आर्जन गरेको थियो ।

३ अर्ब चुक्ता पुँजी भएको लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ । ४८ अर्ब १५ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेर बैंकले ४० अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आर्थिक बर्षमा दश करोड खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १९ करोड ६४ लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा शुन्य दशमलव ५ प्रतिशतले घटेर शुन्य ८ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी २२ रुपैंयाँ १७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८५ रुपैंयाँ ७७ पैसा रहेको छ ।