कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा पाउने भएका छन् । कोषले निर्माण लागत बढेको भन्दै कर्जा रकमको सीमा बढाउँदै भुकम्प प्रभावित सञ्चयकर्तालाई सवा सात प्रतिशत ब्याजमै घर निर्माण कर्जा उपलब्ध गराउने भएको हो । बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुलाई कोषले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा उपलब्ध गराउने जनाएको छ ।
कोषले साढे आठ प्रतिशतमा उपलब्ध हुने घर कर्जाको सीमा बढाएको छ । १० बर्षको तलव बराबर घर कर्जा दिइँदै आएकोमा कोषले यसपालीबाट बढाएर १५ बर्ष पुर्याएको छ । जसअनुसार अब एक अधिकृतस्तरको सरकारी कर्मचारीले (अहिलेको तलव ३१४८८ रुपैयाँ) घर निर्माण गर्नका लागि ५६ लाख ६७ हजार ८४० रुपैयाँ ऋण पाउने छ ।
